काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषि र शिक्षामा जोड दिन आग्रह गरेका छन्।
कैलालीको बर्दगोरियाको प्रशासनिक भवन उद्घाटन गर्दै पूर्वाधार मात्र नभई कृषि र शिक्षामा पनि जोड दिँदै नमुना काम गर्न कर्मचारी तथा जनप्रतिनिधिलाई सुझाव दिएका हुन्।
प्रशासनिक सेवा न्यायिक सेवाको काम गर्नुपर्छ,’उनले भने,‘पालिकामा विकासको नेता हुनुपर्छ कुराको नेता भएर काम चल्दैन’उनले विकासको लागि उत्पादन गर्न र उत्पादनलाई प्रविधिमा जोड्न सुझाव दिए।
‘मत्स्यपालकको धेरै ठूलो सम्भावना छ कृषिको सम्भावना छ। छेउबाट कर्णाली बगेको छ। यहाँ सिचाइको कुनै समस्या हुनुपर्ने कुरा छैन’ ओलीले भने।
नयाँपन र नयाँ प्रविधिबाट कृषि उत्पादन बढाउन सकिनेमा ओलीको जोड थियो ।