देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकारले विभिन्न योजना अगाडि सारिरहेको छ - Chaitanya News
  • 2026-06-01
  • 12:33:43
  • सोमबार,जेठ १८, २०८३
  • देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकारले विभिन्न योजना अगाडि सारिरहेको छ

    देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकारले विभिन्न योजना अगाडि सारिरहेको छ

    काठमाडौँ– देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकारले विभिन्न योजना अगाडि सारिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिएका छन्।

    आजआइतबार) प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमअन्तर्गत सांसदहरूले गरेका प्रश्नको जवाफ दिने क्रममा दाहालले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नका लागि आन्तरिक रोजगारी प्रवर्द्धन दशक अभियानको तयारी सरकारले गरिरहेको जानकारी दिएका हुन्।

    एमाले सांसद किरणकुमार साहले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र दबाबमा रहेकाले अर्थतन्त्रका चुनौती सामना गर्न देशभित्रै रोजगारी र आयका अवसर सिर्जना गर्ने अभियानमा लागेको जानकारी दिएका हुन्।

    ‘अहिले अर्थतन्त्रका प्रायः बाह्य सूचकहरू सकारात्मक छन् तर अर्थतन्त्रमा दबाब र चाप भने अहिले पनि कायम नै छ। अर्थतन्त्रमा देखा परेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ, ‘उनले भने, ‘सरकारले आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ। देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नका लागि आन्तरिक रोजगारी प्रवर्द्धन दशक अभियानको तयारी सरकारले गरिरहेको छ।