लोकतन्त्र परिपक्व बनाउन मतदान गरौं- प्रधानमन्त्री देउवा - Chaitanya News
  • 2026-04-22
  • 01:37:27
  • मंगलबार,बैशाख ०८, २०८३
  • लोकतन्त्र परिपक्व बनाउन मतदान गरौं- प्रधानमन्त्री देउवा

    लोकतन्त्र परिपक्व बनाउन मतदान गरौं- प्रधानमन्त्री देउवा

    काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भएकाले मतदान गर्नुपर्ने बताएका छन् ।

    मतदानका लागि अपिल गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई परिपक्व बनाउन मतदान गर्न आग्रहसमेत गरेका छन ।

    ‘सामाजिक न्याय सहितको खुला अर्थतन्त्रमा सबैले फक्रिने अवसर पाउछन्,’ प्रधानमन्त्री देउवाले भनेका छन, ‘आज हामीले लोकतन्त्र, सम्मानित जीवन, सामाजिक न्याय र समान अवसरका लागि निर्वाचनमा सहभागि भएनौ भने आगामी पाँच बर्षमा परिवर्तन सम्भव नहुन सक्छ, त्यसैले मतदानमा सहभागि बनौँ ।’