आगामी आर्थिक वर्षको लागि बजेटको आकार घोषणा - Chaitanya News
  • 2026-06-01
  • 12:33:53
  • सोमबार,जेठ १८, २०८३
  • आगामी आर्थिक वर्षको लागि बजेटको आकार घोषणा

    आगामी आर्थिक वर्षको लागि बजेटको आकार घोषणा

    काठमाडौँ– आगामी आर्थिक वर्ष २०८१–८२ को अनुमानित बजेटको आकार घोषणा भएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन्।

    मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको बताए।

    राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर सरकारले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ।