गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी नै लाग्नु विडम्बना मेयर : बालेन साह - Chaitanya News
  • 2026-07-11
  • 06:39:10
  • शनिबार,आषाढ २७, २०८३
  • गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी नै लाग्नु विडम्बना मेयर : बालेन साह

    गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी नै लाग्नु विडम्बना मेयर : बालेन साह

    काठमाडौँ– काठमाडौँका मेयर बालेन्द्र साह(बालेन)ले गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी नै लाग्नु विडम्बना भएको बताएका छन्। कर्मचारी स्वयमले लिखित रूपमा गल्ती स्विकारेको थाहा हुँदाहुँदै पनि कार्यपालिकाबाट अघि बढाउन रोकेकोमा आपत्ति जनाएका हुन्।

    ‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ। कर्मचारी स्वयमले मैले गलत गरेको हो भनेर लिखित रूपमा स्विकारेको पनि थाहा छ’ बालेन भन्छन् ‘यति हुँदा हुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल

    स्विकारेरै गलत गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी नै लाग्नु विडम्बनापूर्ण रहेको उल्लेख गर्दै साह भन्छन्– ‘स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी लाग्छ भने यो भन्दा विडम्बना अर्को के हुन्छ?

    उनले कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधीहरु देशभर आउन भन्दै गलत गरिहालेछ, आफ्नै पार्टीको पर्‍यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधिहरू कहिँकतै नदेखिउन् भनेका छन्।