काठमाडौँ– नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुने बताएका छन्।
आज (मंगलबार) काठमाडौँमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सर्वोच्च अदालतले दिएको आदेश, मानव अधिकार आयोगको निर्देशन आदिलाई मध्यनजर गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाउनुपर्ने समेत बताए।
संक्रमणकालीन न्यायलाई कुनै राजनीतिक लेनदेनको मुद्दा नबनाइयोस्। यो अत्यन्त गम्भीर विषय छ, यसलाई मुद्दा बनाउनु हुँदैन। यो विषयमा सर्वोच्च अदालतले सिधा निर्देशन दिएको छ। मानव अधिकार आयोगले पनि दिएको छ। मानवताको कुराहरूलाई एसेप्ट गरेर पीडितलाई मर्का पर्नेगरी कुनैपनि हालतमा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई कानुन बनाउँदैछौं’, उनले भने।
नेता कोइरालाले नेपालमा नेताहरूका लागि मात्र लोकतन्त्र आएको टिप्पणी गरे।