कानुन आवश्यकता अनुसार बनाउन सकेनन् : अध्यक्ष तिमिल्सिना - Chaitanya News
  • 2026-07-11
  • 08:10:41
  • शनिबार,आषाढ २७, २०८३
  • कानुन आवश्यकता अनुसार बनाउन सकेनन् : अध्यक्ष तिमिल्सिना

    कानुन आवश्यकता अनुसार बनाउन सकेनन् : अध्यक्ष तिमिल्सिना

    काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताएका छन्। आज (मंगलबार) पत्रमारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।।

    यस्तै उनले आफ्नो कार्यकालमा राष्ट्रिय सभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताए। ‘सरकारले नै विधेयक ल्याउन सकेन’, उनले भने। राष्ट्रिय सभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो।

    उनले भने, ‘राष्ट्रिय सभामा आएका विधेयक सम्पूर्ण ढङ्गले समयमा नै पास गरेर पठाएका छौँ।’ सरकारले कानुन बनाउने कुरालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो। संसद्मा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उनले बताए।