सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपाली पीडितका पक्षमा छु : प्रधानमन्त्री ‘प्रचण्ड’ - Chaitanya News
  • 2026-06-01
  • 11:46:12
  • सोमबार,जेठ १८, २०८३
  • सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपाली पीडितका पक्षमा छु : प्रधानमन्त्री ‘प्रचण्ड’

    सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपाली पीडितका पक्षमा छु : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्।

    आज (मंगलबार) बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझाव पत्र बुझ्दै प्रधानमन्त्रीले यस्त बताएका हुन्।

    भेटमा प्रधानमन्त्रीले भने, ’यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुङ्गाउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो।