बजेट खर्च गर्नमा सबैभन्दा अर्थ मन्त्रालय पछाडि - Chaitanya News
  • 2026-06-01
  • 11:46:13
  • सोमबार,जेठ १८, २०८३
  • बजेट खर्च गर्नमा सबैभन्दा अर्थ मन्त्रालय पछाडि

    बजेट खर्च गर्नमा सबैभन्दा अर्थ मन्त्रालय पछाडि

    काठमाडौँ– बजेट खर्च गर्नमा अर्थ मन्त्रालय सबैभन्दा पछाडि परेको छ। सोमबार सार्वजनिक भएको चालू आर्थिक वर्ष २०८०–८१ को ६ महिनाको अवधिमा बजेटको मूल्यांकन प्रतिवेदन अनुसार स्वयम् अर्थ मन्त्रालयले नै लक्ष्यअनुरूप पर्याप्त बजेट खर्च गर्न नसकेको हो।

    साउनदेखि पुस मसान्तसम्मको अवधिमा अर्थ मन्त्रालयले चालू वर्षका लागि विनियोजित बजेटको ९..९० प्रतिशत मात्रै खर्च गर्न सकेको छ। चालू वर्षका लागि अर्थ मन्त्रालयले आफूलाई ४१ अर्ब ७ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको थियो।

    अर्धवार्षिक समीक्षासम्मको अवधिमा परराष्ट्र मन्त्रालयले विनियोजित बजेटको ८० प्रतिशत खर्च गरेको तथ्यांक छ।