सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक : मन्त्री गुरुङ - Chaitanya News
  • 2026-06-01
  • 11:45:35
  • सोमबार,जेठ १८, २०८३
  • सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक : मन्त्री गुरुङ

    सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक : मन्त्री गुरुङ

    काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक भएको बताएका छन। आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। यस्तै उनले आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि दिशा निसक्ने समेत बताए।

    उनले भने, ‘आर्थिक अपराध नियन्त्रण नेपालमा प्रमुख चासोको रुपमा रहँदै आएको छ। गम्भीर प्रकृतिका सिमापार आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि ढङ्गले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैलाई महसुस भएको छ। सबै मिलेर यस्ता अपराधविरुद्ध लड्न आवश्यक छ। यसका लागि राज्यको कठोर नीति तथा कानून आवश्यक छ।

    नेपालको विकासका लागि विदेशी लगानी जति आवश्यक छ त्यतिनै मुलुकको वित्तीय कानुनको समेतमा आवश्यकता रहने उनको भनाई थियो।

    राष्ट्रिय सभामा प्रस्तुत गरिएको सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकले हुन्डी क्रिप्टो करेन्सी, मानव तस्करी, आतङ्ककारी जस्ता कार्यलाई कसुर कायम गर्नेगरि प्रस्ताव गरेको बताउँदै छानविन गर्दा राज्यको राजस्व छली गरे नगरेको थाहा हुने बताए।