नेपाल–भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत - Chaitanya News
  • 2026-06-01
  • 11:53:45
  • सोमबार,जेठ १८, २०८३
  • नेपाल–भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत

    नेपाल–भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत

    काठमाडौँ– नेपाल—भारतमैत्री युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र यादवको टोलीले जाजरकोटका भूकम्प पीडितका लागि राहत हस्तान्तरण गरेको छ।

    कांग्रेस सहमहामन्त्री समेत रहेका यादवको टोलीले नेपाल—भारत मैत्री युवा संघको तर्फबाट २५० बलाङकेट र २५० तिरपाल जाजरकोट जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।

    यादव नेतृत्वको टोलीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, जाजरकोटका कार्यवाहक सभापति खड्ग सिंह, भेरी नगरपालिकाकी उपमेयर सीता जैसी पनि सहभागी थिए।

    सहमहामन्त्री यादवले जाजरकोटको जेलमा रहेका कैदीलाई बलाङ्केट वितरण गरेको बताए। दोस्रो चरणमा भूकम्प प्रभावित रुकुम पश्चिममा राहत वितरण गरिने यादवले जानकारी दिए।