फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन् : मन्त्री भुसाल - Chaitanya News
  • 2026-06-01
  • 11:53:22
  • सोमबार,जेठ १८, २०८३
  • फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन् : मन्त्री भुसाल

    फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन्  : मन्त्री भुसाल

    भरतपुर– कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसालले फागुनभित्र किसानले दूधको भुक्तानी पाउने बताएका छन। आज (शुक्रबार)भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले किसानका समस्या समाधान गर्न सरकार लागिपरेको समेत बताए।

    उनले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताए।

    अहिलेको नेपालमा दूध बढी उत्पादन गर्ने समय हो। दूध बढी उत्पादन हुने समयमा हामीले पाउडर र बटर बनाएर राख्न सक्छौँ। अहिले खपत हुन नसकेको दूध पाउडर वा बटर बनाएर राखौँ। फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन”, मन्त्री भुसालले भने। उनले भण्डारण भएर रहेको पाउडर दूध बिक्री भएपछि किसानको बाँकी भुक्तानी प्रदान गरिने बताए।

    “फागुन लागेपछि भण्डारण भएको दूध बिक्री हुन्छ। त्यसपछि किसानले रकम पाउनुहुन्छ”, मन्त्री भुसालले भने, “अहिले पनि केही रकम त पाइरहनुभएको छ। बाँकी फागुनभित्रमा पाउनुहुन्छ। चितवनका किसानले तीन महिनादेखि दूधको रकम पाउन सकेका छैनन्। भण्डार भएको दूध बिक्री नभएपछि चिवतन मिल्क उद्योग बन्द भएको छ।रासस