आन्तरिक ऋण कर्मचारीको तलब र भत्तामा खर्च गर्नु हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा - Chaitanya News
  • 2026-06-01
  • 11:53:45
  • सोमबार,जेठ १८, २०८३
  • आन्तरिक ऋण कर्मचारीको तलब र भत्तामा खर्च गर्नु हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा

    आन्तरिक ऋण कर्मचारीको तलब र भत्तामा खर्च गर्नु हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा

    काठमाडौँ– पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिने ऋण सामाजिक सुरक्षा तथा कर्मचारीको तलब र भत्तामा खर्च हुन नहुने बताएका छन्।

    आज (शुक्रबार) मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले आन्तरिक ऋण उठाएर सरकारले चालु खर्चमा उपयोग गरेको भन्दै यसतर्फ सरकार सजक हुनुपर्ने समेत बताए।

    आन्तरिक ऋण सामाजिक सुरक्षामा खर्च हुनु हुँदैन। प्रशासन चलाउन खर्च हुनु हुँदैन,“ उनले भने, “अर्थमन्त्रीज्यूले ऋण प्रशासन चलाउन खर्च भएको छैन भनेर भन्न सक्नु हुन्छ? ऋण प्रतिफल दिने आयोजनामा लगानी हुनुपर्छ।