विदेश जाने जनशक्ति दक्ष भए अहिलेको तुलनामाभन्दा धेरै ठूलो मात्रामा रेमिट्यान्स भित्रिन्छ : चन्द्र ढकाल - Chaitanya News
  • 2026-06-01
  • 11:55:00
  • सोमबार,जेठ १८, २०८३
  • विदेश जाने जनशक्ति दक्ष भए अहिलेको तुलनामाभन्दा धेरै ठूलो मात्रामा रेमिट्यान्स भित्रिन्छ : चन्द्र ढकाल

    विदेश जाने जनशक्ति दक्ष भए अहिलेको तुलनामाभन्दा धेरै ठूलो मात्रामा रेमिट्यान्स भित्रिन्छ : चन्द्र ढकाल

    काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अदक्ष कामदार मात्रै वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भाष्य बनेको बताएका छन्। आज (बिहीबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै वैदेशिक रोजगारीमा पठाउनै पर्ने भएमा दक्ष जनशक्ति पठाउन सकेको खण्डमा अहिलेको तुलनामाभन्दा धेरै ठूलो मात्रामा रेमिट्यान्स भित्र्याउने सम्भावना रहेको उनको भनाइ छ।

    अध्यक्ष ढकालले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले औद्योगिक र व्यावसायिक गतिविधिलाई प्रवर्धन गर्नुपर्ने बताएका हुन्।

    सामाजिक सञ्जालमा व्यवसायीप्रति गरिने टिप्पणीले कहिलेकाहीँ आफूलाई नेपालमा ‘व्यापार व्यवसाय बढ्नु बढाउन अभिशाप हो कि १जस्तो लाग्ने गरेको पनि उनले बताएका छन्। खाडी मुलुक अदक्ष मात्र नभई दक्ष कामदारको पनि गन्तव्य बन्दै गएको उनको भनाइ छ।

    ‘वैदेशिक रोजगार भनेको अदक्ष कामदारको लागि मात्र रहेको भाष्य बनेको छ, त्यस्तो होइन,’ उनले भने, ‘अमेरिकाको मान्छे पनि कतारमा काम गर्छ। अमेरिकामा भन्दा राम्रो तलब कतारमा हुन्छ। अवसर लिनका लागि विकसित देशबाट विकासोन्मुख देशमा पनि गएको छ। दक्ष जनशक्ति उत्पादन गर्न स्वदेशमै तालिम दिने संघसंस्था खोल्नु पर्ने उनको भनाइ छ। स्वदेशी उद्योगमा दक्ष कामदारको अभाव भइरहँदा अर्कोतिर बेरोजगारी भएकै कारण वैदेशिक रोजगारमा समेत जान बाध्य भइरहेको उनको भनाइ छ।