देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन सांसद अमनलाल मोदीको माग - Chaitanya News
  • 2026-06-01
  • 10:45:44
  • सोमबार,जेठ १८, २०८३
  • देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन सांसद अमनलाल मोदीको माग

    देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन सांसद अमनलाल मोदीको माग

    काठमाडौँ– माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

    आज (बुधबार) प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्। यस्तै उनले लाखौँ जनताले खाई नखाई गरेर बचत गरेको पैसाको दुरुपयोग भइरहेको भन्दै सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याई कमीकमजोरी छानबिन गरी जनताको पैसा फिर्ता गर्नुपर्ने समेत बताए।

    उनले भने, ‘देशैभरि लाखौँ जनताले खाई नखाई गरेर बचत गरेको पैसा दुरुपयोग भइरहेको छ। ती पैसा न जनताले फिर्ता पाएका छन् न सम्बन्धित मानिसले कारबाही भोगेका छन्। म विशेष अनुरोध गर्न चाहन्छु। देशैभरको सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउनु पर्‍यो र त्यसमा रहेका कमीकमजोरी छानबिन गरी जनताको पैसा फिर्ता गर्नुपर्छ। यो जोडदार माग गर्न चाहन्छु।