विदेशी मुद्रा सञ्चिति८ खर्ब १६ अर्ब नाघ्यो - Chaitanya News
  • 2026-06-01
  • 10:46:05
  • सोमबार,जेठ १८, २०८३
  • विदेशी मुद्रा सञ्चिति८ खर्ब १६ अर्ब नाघ्यो

    विदेशी मुद्रा सञ्चिति८ खर्ब १६ अर्ब नाघ्यो

    काठमाडौं– मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब नाघेको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँबराबर विदेशी मुद्रा सञ्चित छ।

    अमेरिकी डलरमा भने यस्तो सञ्चिति १३ अर्ब ६९ करोड रहेको बैंकले जनाएको छ। गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेको हो।

    असार मसान्तसम्म कुल १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर विदेशी मुद्रा सञ्चित थियो। अमेरिकी डलरमा भने असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति रकम १६.९ प्रतिशतले बढेको हो।

    हालको आयात आधार मान्दा अहिलेको सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १६ खर्ब २३ करोड र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँबराबर रहेको विवरणमा उल्लेख छ।