जाउलाखेल, बुढानीलकण्ठ र हाँडीगाउँमा शंकास्पद वस्तु फेला - Chaitanya News
  • 2026-04-21
  • 21:12:02
  • मंगलबार,बैशाख ०८, २०८३
  • जाउलाखेल, बुढानीलकण्ठ र हाँडीगाउँमा शंकास्पद वस्तु फेला

    जाउलाखेल, बुढानीलकण्ठ र हाँडीगाउँमा शंकास्पद वस्तु फेला

    काठमाडौं-ललितपुर र काठमाडौंका केही स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

    ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थित जाउलाखेलको गणेश चोकमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ भने काठमाडौंको बुढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ ।

    हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

    बुढानीलकण्ठस्थित स्पेशल चोक फेला परेको शंकास्पद वस्तु पनि डिस्पोज गरिएको छ ।  निर्वाचन बिथोल्ने समूहले शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।