नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा राख्ने - Chaitanya News
  • 2026-06-01
  • 10:45:45
  • सोमबार,जेठ १८, २०८३
  • नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा राख्ने

    नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा राख्ने

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेपको रूपमा राख्ने भएको छ। बैंकले २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म कुल ३६६ दिनका लागि योग्य बैंक तथा वित्तीय संस्थामा उक्त रकम एफडी९मुद्दती निक्षेप० मा राख्ने भएको हो।

    बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई उचित ब्याजदरसहित चाहेको रकम माग गरी दरखास्त हाल्न आह्वान गरेको छ। फागुन ६ गते जारी हुने निक्षेपका लागि २०८० माघ २३ गते बेलुका ७ बजेभित्र अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ।

    सूचना अनुसार कूल २५ करोडमध्ये २० करोड रुपैयाँ वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने विकास बैंकहरुका लागि ३ करोड ७५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीहरुका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ।

    यद्यपि, निक्षेप चाहने बैंक तथा वित्त कम्पनीहरूले तोकिएको सर्त पुरा गरेको हुनुपर्नेछ। बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले सर्त राखेको छ।