६ महिनाको अवधिमा फ्रान्ससँग नेपालको ५ अर्ब व्यापार घाटा, के–के आउँछ नेपालमा? - Chaitanya News
  • 2026-06-01
  • 10:46:05
  • सोमबार,जेठ १८, २०८३
  • ६ महिनाको अवधिमा फ्रान्ससँग नेपालको ५ अर्ब व्यापार घाटा, के–के आउँछ नेपालमा?

    ६ महिनाको अवधिमा फ्रान्ससँग नेपालको ५ अर्ब व्यापार घाटा, के–के आउँछ नेपालमा?

    काठमाडौँ– चालू आर्थिक वर्ष २०८०–८१ को ६ महिनाको अवधिमा नेपालले फ्रान्ससँगको व्यापार ४ अर्ब ९१ करोड २७ लाख रुपैयाँले घाटा बेहोरेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा नेपालले उक्त रकम बराबरको व्यापार घाटा बेहोरेको हो।

    यस अवधिमा नेपालमा फ्रान्सबाट ६ अर्ब १ करोड ५५ लाख रुपैयाँको वस्तु आयात भएको छ। यस्तै, नेपालबाट जम्मा १ अर्ब १० करोड रुपैयाँ बराबरको निर्यात मात्रै भएको छ। यसअनुसार ६ महिनाको अवधिमा ५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार घाटा भएको हो।

    फ्रान्सबाट नेपालमा ७९ लाख रुपैयाँभन्दा बढीको चकलेट आयात भएको छ। यसबाहेक, ६६ लाख रुपैयाँको कपडा आयात भएको छ। यस्तै, ५ करोड रुपैयाँभन्दा बढीको मदिरा आयात भएको तथ्याङ्क छ। यस्तै, एक्ट्रा नेचुरल अल्कोहल आयातमा २७ करोड ७० लाख रुपैयाँभन्दा बढीको रकम बाहिरिएको छ।

    २८ लाखको ह्विस्की आयात हुँदा ५९ लाखको भोड्का आयात भएको देखिएको छ। यसबाहेक थप ५२ लाख रुपैयाँभन्दा बढीको पेय पदार्थ समेत आयात भएको देखिएको छ भने ६२ लाख रुपैयाँको जनावरको खाना आयात भएको विभागले जनाएको छ।

    औषधीजन्य पदार्थको आयातमा ३ करोड २३ लाख बाहिरिँदा दाँतमा भर्ने सिमेन्टको आयातमा १९ लाख रुपैयाँ बाहिरिएको छ। २ करोडको ट्वाइलेट पर््यूम, २ करोडको फेस क्रिम, १ करोडको अन्य मेकअपका सामाग्री समेत आयात भएको छ।