गठबन्धनको जीत सुनिश्चित छ, पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार छु : खनाल - Chaitanya News
  • 2026-04-21
  • 21:12:50
  • मंगलबार,बैशाख ०८, २०८३
  • गठबन्धनको जीत सुनिश्चित छ, पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार छु : खनाल

    गठबन्धनको जीत सुनिश्चित छ, पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार छु : खनाल

    काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धनको जीत सुनिश्चित भएको बताएका छन्।

    इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार खनालले आज फिक्कलमा पत्रकारसँग कुरा गर्दै भने, “देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारको जीत पक्कापक्की जस्तै भएको छ।”

    नेपाली जनताले संविधानको रक्षा चाहेको बताउँदै खनालले पाँच वर्ष गठबन्धनको सरकार बन्ने बताए। उनले भने, “देशले स्थिरता खोजेको। जनताले संविधानको रक्षा र अग्रगमन चाहेका छन्। मुलुकको चौतर्फी विकासका लागि गठबन्धनले देशभर विजय हासिल गर्दैछ।”

    उनका अनुसार अहिले गठबन्धन एकताबद्ध बनेको छ। यो निर्वाचन आफ्नो अन्तिम चुनावी लडाईं भएको बताउँदै खनालले देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्नसमेत तयार रहेको बताए।