के मतदाता परिचयपत्र नहुनेले मतदान गर्न पाइँदैन ? - Chaitanya News
  • 2026-04-21
  • 21:12:03
  • मंगलबार,बैशाख ०८, २०८३
  • के मतदाता परिचयपत्र नहुनेले मतदान गर्न पाइँदैन ?

    के मतदाता परिचयपत्र नहुनेले मतदान गर्न पाइँदैन ?

    काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन यही मंसिर ४ गते हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोग र गृह मन्त्रालयले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातासमक्ष आग्रह गरेका छन् । मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र लिएर जानु पर्नेछ ।

    अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानको दिन मतदान केन्द्रमा जाँदा आयोगबाट जारी भएको सक्कल मतदाता परिचयपत्र लिएर जानु पर्ने आयोगले स्पष्ट पारेको छ ।

    अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र हराएको खण्डमा अथवा साथमा नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र लिएर गए पनि मतदान गर्न पाउनेछन् ।

    यसबाहेक राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपूर्जा, राहदानी, सवारीचालक अनुमतिपत्र भए पनि मतदान गर्न पाइनेछ । तर, यी कागजातको सक्कलप्रति नै लिएर जानु पर्नेछ ।