एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब भन्दा बढीको हकप्रद जारी गर्ने - Chaitanya News
  • 2026-06-01
  • 10:45:20
  • सोमबार,जेठ १८, २०८३
  • एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब भन्दा बढीको हकप्रद जारी गर्ने

    एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब भन्दा बढीको हकप्रद जारी गर्ने

    काठमाडौँ– एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनका लागि कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने भएको हो।

    कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको १८९ औं बैंठकले आर्थिक वर्ष २०७९–८० को सञ्चित नाफाबाट प्रस्तावित लाभांश वितरण पश्चात कायम हुने चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ।

    जसमा बोनस सेयर बापत ७।७५ प्रतिशत (२४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ) र कर प्रयोजन बापत ०.७५ प्रतिशत (१ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ) वितरणपछि कम्पनीको कूल चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ।

    यसमा थप ४२ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ ९४ पैसा बराबर हकप्रद जारी भएपछि कम्पनीको चुक्ताुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ ९४ पैसा पुग्नेछ।