कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएका छौँ : प्रधानमन्त्री ‘प्रचण्ड’ - Chaitanya News
  • 2026-06-01
  • 10:45:18
  • सोमबार,जेठ १८, २०८३
  • कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएका छौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

    कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएका छौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताएका छन्। आज (शनिबार)सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा दुधौली नगर अस्पतालको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

    यस्तै कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको उनको भनाई थियो। उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए।

    स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिएको स्पष्ट पारे। उनले भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताए।

    उनले भने, ‘सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ, सुशासनको पक्षमा सरकारले महत्त्वपूर्ण कदम चालेको छ, जनताले पाइरहेको सास्तीलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई सहज बनाइएको छ। ’प्रधानमन्त्रीका रुपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उनले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको स्मरण गराए।