६ महिनाको अवधिमा झन्डै डेढ अर्बको दुग्धजन्य पदार्थ आयात - Chaitanya News
  • 2026-06-01
  • 09:52:33
  • सोमबार,जेठ १८, २०८३
  • ६ महिनाको अवधिमा झन्डै डेढ अर्बको दुग्धजन्य पदार्थ आयात

    ६ महिनाको अवधिमा झन्डै डेढ अर्बको दुग्धजन्य पदार्थ आयात

    काठमाडौँ– नेपालले ६ महिनाको अवधिमा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ भित्र्याएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको दुग्धजन्य पदार्थ भित्रिएको हो।

    सोही अवधिमा नेपालबाट केही परिमाणमा दुग्धजन्य वस्तु पनि बाहिरिएको छ। जसअनुसार ६ महिनाको अवधिमा ६ करोड ३४ लाख ६५ हजार रुपैयाँको दुग्ध जन्य पदार्थ निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ।

    दुग्धजन्य पदार्थमा नेपालले १ अर्ब ३७ करोड ५४ लाख ५८ हजार व्यापार घाटा बेहोरेको छ। ६ महिनाको दुग्धजन्य पदार्थको कारोबारबाट ५७ करोड ७८ लाख ७ हजार रुपैयाँ सरकारले राजस्व सङ्कलन गरेको छ।

    नेपालले भारत, चीन लगायत मुलुकबाट दुग्धजन्य पदार्थ आयात गर्छ भने केही मात्रमा अमेरिका,चीन लगायत मुलुकमा निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ।