प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू - Chaitanya News
  • 2026-06-11
  • 13:25:51
  • बिहिबार,जेठ २८, २०८३
  • प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू

    प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू

    काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।

    केही कम्पनीले अनुमति नलिई चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो। नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ।

    यदि उडान अनुमति नलिई यात्रुलाई टिकट बिक्री गरेको पाइ प्राधिकरणले कारबाही गर्ने भएको छ। चार्टर उडानको नाममा टिकट बिक्री गरी यात्रुलाई विमानस्थलमा अलपत्र पार्ने काम हुन थालेपछि प्राधिकरणले यो कदम चालेको हो।