आजको मौसम : पहाडी भूभागमा आंशिक बदली - Chaitanya News
  • 2026-04-22
  • 01:35:25
  • मंगलबार,बैशाख ०८, २०८३
  • आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

    आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

    काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राति प्रदेश १ र गण्डकीमौसम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । शनिबार सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

    महाशाखाका अनुसार पछिल्ला दुई दिनमा प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ । महाशाखाले पर्वतारोहण र पदयात्रामा जाँदा सतर्कता अपनाउन भनेको छ ।