आम सञ्चार क्षेत्रको पुनः संरचना गर्ने तयारीमा जुटेको छौँ : मन्त्री शर्मा - Chaitanya News
  • 2026-06-01
  • 09:53:31
  • सोमबार,जेठ १८, २०८३
  • आम सञ्चार क्षेत्रको पुनः संरचना गर्ने तयारीमा जुटेको छौँ : मन्त्री शर्मा

    आम सञ्चार क्षेत्रको पुनः संरचना गर्ने तयारीमा जुटेको छौँ : मन्त्री शर्मा

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार आम सञ्चार क्षेत्रको पुनः संरचना गर्ने तयारीमा जुटेको बताएकी छन्।

    आज (बुधवार) नेपाल टेलिभिजनको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्। यस्तै उनले आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानूनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको बताइन्।

    आम सञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिएको पनि मन्त्री शर्माले बताइन्।

    उनले सरकारी सञ्चारमाध्यमहरु सरकारी सूचना प्रसारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बीचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पुर्‍याउने माध्यम जिकिर गरे। उनले नेपाल टेलिभिजनसहित सार्वजनिक प्रसारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताइन्।