लेखा समितिले मन्त्रालय र कोषसँग माग्यो गौतम बुद्धको समाधिस्थल भाडामा दिनेबारे भएको निर्णय - Chaitanya News
  • 2026-06-01
  • 09:52:32
  • सोमबार,जेठ १८, २०८३
  • लेखा समितिले मन्त्रालय र कोषसँग माग्यो गौतम बुद्धको समाधिस्थल भाडामा दिनेबारे भएको निर्णय

    लेखा समितिले मन्त्रालय र कोषसँग माग्यो गौतम बुद्धको समाधिस्थल भाडामा दिनेबारे भएको निर्णय

    काठमाडौँ– प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गौतम बुद्धको समाधिस्थल भाडामा दिनेबारे भएको निर्णय मागेको छ।

    समितिका सचिव एकराम गिरीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषको प्रधान कार्यालयलाई पत्र लेखेर बुद्ध समाधिस्थल भाडामा दिने विषयमा भएका निर्णयसम्बन्धी कागजात ७ दिनभित्र उपलब्ध गराउन आग्रह गरेका छन्।

    गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन् एवं बौद्ध स्तुपा निर्माण तथा भाडामा दिने गरी विना प्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी भनी सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि लेखा समितिले चासो देखाएको हो।

    ‘‘के कसो भएको हो सोको जानकारी समितिलाई सात दिनभित्र उपलब्ध गराउनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु’ मन्त्रालय र लुम्बिनी विकास कोषलाई लेखिएको पत्रमा भनिएको छ। लेखा समितिले मन्त्रालय र कोषसँग पाँच वटा विषयमा जानकारी मागेको छ।