काठमाडौँको भृकुटीमण्डपमा ३ दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी बृहत् प्रदर्शनी सुरु - Chaitanya News
  • 2026-06-01
  • 09:52:19
  • सोमबार,जेठ १८, २०८३
  • काठमाडौँको भृकुटीमण्डपमा ३ दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी बृहत् प्रदर्शनी सुरु

    काठमाडौँको भृकुटीमण्डपमा ३ दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी बृहत् प्रदर्शनी सुरु

    काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा ३ दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी बृहत् प्रदर्शनी सुरु भएको छ। आजदेखि सुरु भएको सो मेलामा १४ गतेसम्म जारी रहने छ। १२ देखि १४ गते सम्म सञ्चालन हुने सो मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषि यन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको छ।

    छैटौँ कृषि सम्बन्धी बृहत् प्रदर्शनीमा कृषि यन्त्र, कृषि बीउ बिजन डेरी, पोल्टी, खाद्यलगायत प्रदर्शनीमा राखिएका छन्। यो मेलामा भारत , चीन लगायत मुलुकको सहभागिता छ।

    मेलामा १०० बढी स्टल छन्। तीन दिनको मेलामा १ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।

    माघ १२ गतेदेखि १४ गतेसम्म हुने कृषिको प्रदर्शनी मेला कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायत विभिन्न सङ्घसंस्थाले आयोजना गरेका हुन्।