नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त - Chaitanya News
  • 2026-06-01
  • 08:59:41
  • सोमबार,जेठ १८, २०८३
  • नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त

    नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त

    काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल विभागका रिक्त महानिर्देशकमा कुमारी ज्योती जोशी नियुक्त भएकी छिन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधवार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको हो।

    मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन्। यससँगै गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ।

    यसैगरि मन्त्रिपरिषद्ले नै शिक्षा मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेका प्राविधिक सहसचिव शैलेस झालाई गुणस्तर विभागको उपमहानिर्देशकको जिम्मेवारी दिई पठाएको छ।

    ईन्जिनियरिंग क्लष्टरबाट अघिल्लो सचिव बढुवामा दोस्रो वरियतामा रहेका हालका महानिर्देशक मिश्रा अब हुने बढुवामा सम्भवतः पहिलो नम्बरमा सिफारिस भई सचिव हुने लाइनमा भएकाले सरुवा हुन खोजिरहेकाले उनको ठाउँमा विभागकै सिनियर उपमहानिर्देशक जोशीलाई जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।