चार महिनाको अवधिमा नेपालबाट साढे ४६ करोडको खोटो निर्यात - Chaitanya News
  • 2026-06-01
  • 09:00:08
  • सोमबार,जेठ १८, २०८३
  • चार महिनाको अवधिमा नेपालबाट साढे ४६ करोडको खोटो निर्यात

    चार महिनाको अवधिमा नेपालबाट साढे ४६ करोडको खोटो निर्यात

    काठमाडौँ– चालू आर्थिक वर्ष २०८०–८१ को चार महिनाको अवधिमा नेपालबाट ४६ करोड ४९ लाख रुपैयाँको सल्लाको खोटो निर्यात भएको छ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा साढे ४६ करोड रुपैयाँ बराबरको खोटो निर्यात भएको हो।

    नेपालबाट ३ वटा श्रेणीमा खोटो निर्यात हुने गरेको छ। तथ्यांकअनुसार प्रशोधित र कच्चा गरी तीन वटा श्रेणीमा खोटो निर्यात हुने गरेको छ। प्रशोधित खोटो करिब ८ करोड रुपैयाँको निर्यात हुने गरेको र बाँकी खोटो कच्चारुपमा निर्यात हुने गरेको छ।

    नेपालबाट निर्यात हुने सबै खोटो भारतीय बजारमा जाने गरेको छ। जापानमा समेत जाने गरेको तथ्यांक रहेपनि त्यो न्यूनमात्रामा छ। चालू वर्षको ६ महिनाको अवधिमा नै आधा अर्ब रुपैयाँ आसपासको खोटो निर्यात भएको छ। यसले वर्षेनी नेपालबाट अर्ब रुपैयाँभन्दा माथिको खोटो निर्यात हुने देखाउँछ।