बूढीगण्डकी आयोजनाको काममा तीव्रता दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन - Chaitanya News
  • 2026-06-01
  • 09:00:00
  • सोमबार,जेठ १८, २०८३
  • बूढीगण्डकी आयोजनाको काममा तीव्रता दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    बूढीगण्डकी आयोजनाको काममा तीव्रता दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको परियोजना भएकाले काममा तीव्रता दिन निर्देशन दिएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भएको छलफलमा उनले बूढीगण्डकी आयोजनालाई बहुआयामिक भएको बताउँदै निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका हुन्।

    बूढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना नभई यो राष्ट्रिय गौरवका साथै बहुआयमिक आयोजना भएको भन्दै प्रधानमन्त्रीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको बताए। तसर्थ, यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड छ।

    जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्यौलता नरहन प्रधानमन्त्रीले मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र बूढीगण्डकी जलविद्युत् लिमिटेडलाई निर्देशनसमेत दिएका छन्।