देशको मुहार फेर्न गठबन्धन बनेको हो, ढुक्क भए हुन्छ : प्रधानमन्त्री देउवा - Chaitanya News
  • 2026-04-22
  • 01:40:57
  • मंगलबार,बैशाख ०८, २०८३
  • देशको मुहार फेर्न गठबन्धन बनेको हो, ढुक्क भए हुन्छ : प्रधानमन्त्री देउवा

    देशको मुहार फेर्न गठबन्धन बनेको हो, ढुक्क भए हुन्छ : प्रधानमन्त्री देउवा

    डडेल्धुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको मुहार फेर्न गठबन्धन बनेको बताएका छन्।

    गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले १५–२० वर्ष गठबन्धन कायम राख्दै देशको मुहार फेर्ने योजना रहेको बताए।

    १५–२० वर्षसम्म गठबन्धनलाई यथावत राख्दै सरकार चलाएर देशको मुहार फेर्ने योजना रहेको हो,” उनले भने, “देशको मुहार फेरेरै छाड्ने हो। ढुक्क भए हुन्छ।”

    संसदमा सरकारको विरोध गर्ने बित्तिकै केपी शर्मा ओलीले संसद नै भंग गरिदिएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यस्तो अधिकार कसैलाई पनि नभएको बताए। “अहिलेको संविधानमा संसद भंग गर्ने अधिकार कसैलाई छैन। हामी त्यस्तो गर्दा पनि गर्दैनौँ,” उनले भने।

    प्रधानमन्त्री देउवाले बुधबार गृहजिल्ला डडेल्धुरा र बैतडीका चार वटा आमसभालाई सम्बोधन गरेका छन्। यसअघि १७ कात्तिकमा गृहजिल्ला पुगेका देउवा चार दिन यतै बसेका थिए। सो क्रममा उनले सात पालिकाका सात चुनावी सभालाई सम्बोधन गरेका थिए।

    मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देउवासहित डडेल्धुरामा ८ उमेदवार छन्। देउवा ०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन्।