पुस महिनामा मात्रै ६५ हजार भन्दा बढी नेपाली कामका लागि बिदेसिए - Chaitanya News
  • 2026-07-17
  • 02:27:51
  • बिहिबार,आषाढ ३२, २०८३
  • पुस महिनामा मात्रै ६५ हजार भन्दा बढी नेपाली कामका लागि बिदेसिए

    पुस महिनामा मात्रै ६५ हजार भन्दा बढी नेपाली कामका लागि बिदेसिए

    काठमाडौं– पुस महिना मात्रै ६५ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन्।

    जसमा ५९ हजार ७२९ पुरूष र ६ हजार ८४ जना महिला रहेका छन्। ३४ हजार ४१५ जनाले श्रम स्वीकृति मात्रै लिएका छन्। जसमा ३० हजार ३१७ जना पुरूष र ४ हजार ९८ जना महिला रहेको विभागको तथ्यांकले देखाएको छ।

    गत आर्थिक वर्ष २०७९–८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशीएका थिए। त्यसरी जानेमा सबैभन्दा बढी यूएई पुगेका छन्। यूएइका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन्। जसमा १३ हजार ८६० पुरूष र २ हजार ५२५ जना महिला रहेका छन्। त्यसपछि साउदी अरेबिया पुगेका छन्।

    जहाका लागि १४ हजार ३०७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन्। जसमा १४ हजार २१५ जना पुरूष छन् भने ९२ जना मात्रै महिला छन्। त्यस्तै कतारमा १४ हजार १८ जना गएका छन्। जसमा १३ हजार १३५ पुरूष र ८८३ महिला रहेका छन्। त्यस्तै मलेसिया ८ हजार ९१, कुवेत ३ हजार ५१८, कोरिया १ हजार ४२५, जापान १ हजार १९९ जना गएको विभागको तथ्यांकले देखाएको छ।