आर्थिक वर्ष २०८०–८१ को पुससम्म सवा २२ अर्ब विदेशी लगानी प्रतिबद्धता - Chaitanya News
  • 2026-05-29
  • 05:31:16
  • बिहिबार,जेठ १४, २०८३
  • आर्थिक वर्ष २०८०–८१ को पुससम्म सवा २२ अर्ब विदेशी लगानी प्रतिबद्धता

    आर्थिक वर्ष २०८०–८१ को पुससम्म सवा २२ अर्ब विदेशी लगानी प्रतिबद्धता

    काठमाडौं– चालु आर्थिक वर्ष २०८०–८१ को पुससम्म सवा २२ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

    विभागका अनुसार कुल २ सय २६ उद्योग–प्रतिष्ठान स्थापनाका लागि ६ महिनामा २२ अर्ब ३३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। यो अवधिमा ‘सेयर पर्चेज एग्रिमेन्ट’ मा ४ अर्ब १ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त आएको छ।

    वैदेशिक लगानी गर्ने लगानीकर्ताको आकर्षण पर्यटन क्षेत्रमा देखिएको छ। यो अवधिमा १ सय ३ वटा पर्यटनसँग सम्बन्धी परियोजनामा प्रतिबद्धता आएको छ। पर्यटनपछि सेवा क्षेत्रमा आकर्षण देखिएको छ। अहिलेसम्म ४ खर्ब ७२ अर्ब ३० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

    सरकारले विदेशी लगानी भित्र्याउन विभिन्न प्रयत्न गर्दै आए पनि अपेक्षित विदेशी लगानी भने आउन सकेको छैन।