काठमाडौँ– विस १९९० को विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ भूकम्प मनाइएको छ।
आज (मंगलबार) ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ११’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो। काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले भूकम्प सुरक्षा दिवस मनाएको छ।
सरकारले प्रत्येक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। यस्तै मंगलबार चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भूकम्प दिवस मनाइएको हो।
![]()
![]()
![]()
![]()