बजेट बनाउँदा पहिलेभन्दा आमूल परिवर्तन गरिने छ : प्रधानमन्त्री ‘प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 02:32:22
  • आइतबार,कार्तिक ३०, २०८३
  • बजेट बनाउँदा पहिलेभन्दा आमूल परिवर्तन गरिने छ : प्रधानमन्त्री ‘प्रचण्ड

    बजेट बनाउँदा पहिलेभन्दा आमूल परिवर्तन गरिने छ : प्रधानमन्त्री ‘प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेट बनाउँदा पहिलेभन्दा आमूल परिवर्तन गरिने बताएका छन्। इतिहासमै पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइने उनले बताएका हुन्।

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले बजेट वैधानिक र वस्तुवादी बनाएर संसद्मा अर्थमन्त्रीबाट पेस हुने जानकारी दिए। उनले भने, ‘अबको बजेट बनाउँदा पहिले सरकारमा छलफल गरिन्छ। अन्तिममा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ। त्यसो हुँदा जनताले के चाहन्छन् भन्ने कुरा पनि आउँछ । बजेटको सिलिङ बनाउँदा सबै कुरा सबैसँग छलफल गरिन्छ।’

    राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अघि नै व्यापक छलफल पनि गरिने प्रचण्डको भनाई थियो। प्रधानमन्त्री दाहालले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेताहरूलाई गराएको माओवादी केन्द्रले जनाएको छ।