ओलीको मति अझै सप्रिएको छैन : माधव नेपाल - Chaitanya News
  • 2026-11-16
  • 03:20:48
  • आइतबार,कार्तिक ३०, २०८३
  • ओलीको मति अझै सप्रिएको छैन : माधव नेपाल

    ओलीको मति अझै सप्रिएको छैन : माधव नेपाल

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको बताएका छन्। आज (बुधबार) पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रममा बोल्दे उनले यस्तो बताए का हुन्। यस्तै उनले ओलीको मति ठिक नभएसम्म कम्युनिस्टहरू मिल्ने भनेर नहुने तर्क समेत गरे।

    उनले भने, ‘ओली राष्ट्रिय सभाको चुनावको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ गएर हामीलाई ६ सीट दिनुस्, काँग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन्। एकीकृत समाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको मति सप्रिएको छैन। कम्युनिस्टहरू मिलुन् मात्रै भनेर हुँदैन।

    विचार, दृष्टिकोण र व्यवहार गलत भएसम्म देश र जनतालाई केन्द्रविन्दुमा राखेर जुध्न तयार रहेको बताए। ओलीले ‘प्रचण्ड’माथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको स्मरण समेत गरे।