काठमाडौँ– आज मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।
बैठकमा नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवहरूको पनि सरुवा हुन सक्ने बताइएको छ।
२७ जना सहसचिवको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो।