राष्ट्रिय सभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने - Chaitanya News
  • 2026-11-16
  • 03:34:29
  • आइतबार,कार्तिक ३०, २०८३
  • राष्ट्रिय सभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

    राष्ट्रिय सभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

    काठमाडौँ– सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको दुई जना उम्मेदवारहरूको टुंगो लगाएको छ।

    राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ।

    एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पार्टीले दुई जना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो।