कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए पद तथा गोपनीयताको शपथ - Chaitanya News
  • 2026-11-16
  • 03:56:50
  • आइतबार,कार्तिक ३०, २०८३
  • कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए पद तथा गोपनीयताको शपथ

    कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ– कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    आज (आइतबार) विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

    शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की मन्त्रीहरू तथा उच्च पदस्थ कर्मचारीहरू र कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो।

    मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा अधिवक्ता कोइरालालाई नियुक्त गरेका थिए।