काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धनले आसन्न निर्वाचनपछि पाँच वर्ष सरकारको नेतृत्व गर्ने जिकिर गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनले जनताको मतको अपमान नगर्ने बताए। “हामी ९१ क्षेत्रमा एक्लै लडेका छौँ। प्रदेशमा १७८ क्षेत्रमा हामीले लडेका छौँ। बाँकी गठबन्धनका दल लडेका छन्,” महतले भने, “स्वाभाविक हामी सरकार बनाउँछौँ। सरकार बनाउँदा नेतृत्व गर्ने स्वाभाविक नेतृत्व शेरबहादुर देउवा हो।”
उनले स्वाभाविक भएकैले देउवाले ‘प्रधानमन्त्री बन्छु’ भन्दै नहिँडेको बताए। पार्टीभित्र प्रधानमन्त्री भन्नेहरूलाई उनले चर्चाका लागि बोलिरहेको आरोप लगाए।
“उहाँ भन्दै हिँड्नु हुन्न। उहाँ आलोचना समेत वास्ता गर्नु हुन्न,” डा. महतले पार्टी महामन्त्री गगन थापा र रामचन्द्र पौडेलसहितका नेताहरूतर्फ संकेत गर्दै भने, “कसैलाई चर्चा चाहिएको होला, उहाँहरू बोल्नुभएको हो।”
पाँच वर्ष नै शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने हो कि प्रचण्डसँग आलोपालो हुन्छ?भन्ने प्रश्नमा उनले त्यो नेतृत्वको सहमतिका आधारमा हुने जवाफ दिए।
“कति वर्ष उहाँको नेतृत्व हुन्छ, माथिल्लो तहको सहमतिमा हुने कुरा हो नि। नेतृत्वमा हुनेले गर्ने सहमति हो,” उनले भने, “प्रचण्ड र हामीमा हार्दिकता छ । उहाँले भनेको मान्छु भनेर अन्तर्वार्ता नै आएको छ नि