सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, समाजवादीले २ सिटमै चित्त बुझायो - Chaitanya News
  • 2026-11-16
  • 04:07:16
  • आइतबार,कार्तिक ३०, २०८३
  • सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, समाजवादीले २ सिटमै चित्त बुझायो

    सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, समाजवादीले २ सिटमै चित्त बुझायो

    काठमाडौं– सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन्। आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो।

    बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ।

    गत शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो। तर एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि आज बिहान पुनः गठबन्धनको बैठक बसेको थियो।

    बैठकपछि नेता लेखकले सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरुले संयुक्त रुपले उम्मेदवारी दिने नेता बताए।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘क्लस्टरहरु पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ । एकरदुई ठाउँका बारेमा आ(आफ्नो पार्टीमा बसेर टुंगो लगाउँछौं।