राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन चार दलको बैठक बालुवाटारमा जारी - Chaitanya News
  • 2026-11-16
  • 04:11:28
  • आइतबार,कार्तिक ३०, २०८३
  • राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन चार दलको बैठक बालुवाटारमा जारी

    राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन चार दलको बैठक बालुवाटारमा जारी

    काठमाडौँ– राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक जारी छ। हिजो (शनिबार) मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू आज पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका हुन्।

    बैठकमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन्। शनिबार रातिको बैठकमा १९ सिटका लागि हुने निर्वाचनमा नेपाली काँग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने गरी मोटामोटी सहमति भएको छ।

    तर, ठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको थियो। उसले तीन सिटमा दाबी गरेको छ ।राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ। त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ। त्यसले गठबन्धनलाई आजै भागबन्डा टुङ्गो लगाउन दबाब छ।