काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेश मन्त्री एस.जयशंकरलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्। मन्त्री जयशंकरसँग सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले सो कुराको जानकारी दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत बीचको सम्बन्धका बारेमा ठोस रुपमा विचार अदान प्रदान भएको समेच बताएका छन्। ‘नेपाल र भारतबिच सदियौंदेखि अनुपम र बहुआयामिक सम्बन्ध रहेको र ती सम्बन्धहरुको बारेमा ठोस रुपमा कुराकानी भएको छ’ प्रधानमन्त्रले भनेका छन्।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौँ आइपुगेका मन्त्री जयशंकर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी प्रधानमन्त्री प्रचण्डसँग भेट्न सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए। प्रधानमन्त्री प्रचण्डसँग भेटेलगत्तै विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेका थिए। अहिले उनी याक एण्ड यति होटलमा आयोजित दुई देशबीचको संयुक्त आयोगको बैठकमा सहभागी भएका छन्।