अध्यागमनका कर्मचारीको आन्दोलनप्रति गृहमन्त्रीको चासो राख्दै छलफलका लागि डाके दुवै पक्षलाई - Chaitanya News
  • 2026-11-16
  • 04:08:12
  • आइतबार,कार्तिक ३०, २०८३
  • अध्यागमनका कर्मचारीको आन्दोलनप्रति गृहमन्त्रीको चासो राख्दै छलफलका लागि डाके दुवै पक्षलाई

    अध्यागमनका कर्मचारीको आन्दोलनप्रति गृहमन्त्रीको चासो राख्दै छलफलका लागि डाके दुवै पक्षलाई

    काठमाडौँ– भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै अध्यागमनका कर्मचारी आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले यसबारे छलफल गर्ने भएको छ।

    घटनाप्रति ध्यानाकर्षण भएको भन्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुवै पक्षलाई छलफलका लागि मन्त्रालयमा डाकेका छन्।

    कामै ठप्प पार्ने गरी कर्मचारीले आन्दोलन गर्नुको कारण र प्रहरी चेकजाँचबाट उठेका प्रश्नका विषयमा गृहमन्त्रीले दुवै पक्षसँग छलफल गर्न लागेका हुन्। छलफलका लागि अध्यागमन कार्यालयका अधिकारी र प्रहरी अधिकारी मन्त्रालय पुगेका छन्। छलफलको तयारी भइरहेको अध्यागमन विभागका सूचना अधिकारी प्रेम प्रसाद दहालले जानकारी दिए।

    विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै गृह मन्त्रालय, अध्यागमन विभाग लगायतमा ज्ञापन पत्र बुझाएका छन् भने बुधवार केही समय विमानस्थलमा काम रोकेका थिए।