काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका कुल १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको हो।
बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ भने बिक्री कात्तिक २९ गते मंगलबार हुनेछ। २८ दिन र ९१ दिनका लागि समान २\२ अर्ब रुपैयाँ छुट्याएको छ भने ९१ दिनका लागि बैंकले ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी छुट्याएको छ। यसअघि राष्ट्र बैंकले गत कात्तिक २१ गते १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो।