पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न राप्रपाका शीर्ष नेता भैरहवामा - Chaitanya News
  • 2026-11-16
  • 04:09:37
  • आइतबार,कार्तिक ३०, २०८३
  • पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न राप्रपाका शीर्ष नेता भैरहवामा

    पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न राप्रपाका शीर्ष नेता भैरहवामा

    काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ। पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरू मङ्गलवार भैरहवा पुगेका थिए।

    आज (बुधबार) भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए।