राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरूदलहरूले आउँदैछन् : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 04:08:47
  • आइतबार,कार्तिक ३०, २०८३
  • राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरूदलहरूले आउँदैछन् : महामन्त्री थापा

    राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरूदलहरूले आउँदैछन् : महामन्त्री थापा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरू दलहरूले ल्याइरहेको बताएका छन्। आज (बुधबार) पूर्वकर्मचारी समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्ते उनले दलहरुबीच छलफल हुँदैगर्दा निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा समस्या आएको समेत बताए।

    उनले भने, ‘अहिले हामी राष्ट्रिय सभाको निर्वाचनको छलफलमा छौँ। हाम्रो पार्टीको विधान अनुसार उम्मेदवार प्रदेशले सिफारिस गर्नुपर्छ म नजिकबाट नियालिरहेको छु। राष्ट्रिय सभामा संविधानले ख्याति प्राप्त कुनै क्षेत्रमा रहेर काम गरेको मानिसहरू त्यो सभाभित्र पुगोस् भन्ने परिकल्पना गरेको छ। अहिले त्यो बहसमा पनि नआउँने अवस्था बनेको छ। दलहरुबीच छलफल हुँदैगर्दा दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा आफै हराउँदै छ। पार्टीको वैधानिक संरचनामै यो देखिन्छ।

    उनले अहिले काँग्रेसले अहिले देश सङ्कटमा छ भन्न नमिल्ने टिप्पणी गरे। उनले भने, ‘सरकारको पक्षको हुँ। म सरकारको शुभेच्छुक हुँ। मैले मत हालेको हो । मैले विरोध गर्दै गर्दा त्यसले विशेष अर्थ राख्छ।