सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो चाँदीको कति? - Chaitanya News
  • 2026-07-27
  • 16:22:02
  • सोमबार,साउन ११, २०८३
  • सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो चाँदीको कति?

    सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो चाँदीको कति?

    काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ। महासंघका अनुसार आज सुन चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२९५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।